Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार १९:५९:००
Read Time : < 1 मिनेट
समाचार

आन्दोलन सफल बनाउन सबै तहलाई सक्रिय हुन राप्रपा अध्यक्षको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार १९:५९:००

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनस्र्थापना लगायतका माग राखेर आगामी ७ फागुनदेखि सुरु गर्ने जनसंघर्षका कार्यक्रमलाई भव्य बनाउन तयारी सुरु गरेको छ । 

यस अन्तर्गत ७ फागुनमा ७४ जिल्लामा प्रमुख जिल्ला अभिकारीमार्फत, प्रदेशहरुमा मुख्यमन्त्रीमार्फत र काठमाडौं उपत्यकामा तीनवटै जिल्लाका नेता, कार्यकर्ताहरु नयाँ वानेश्वरको एभरेष्ट होटल अगाडि जम्मा भएर नारा जुलुससहित माइतिघर मण्डलामा पुगेर कोणसभा गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ ।

पार्टी अध्यक्ष कमल थापाको उपस्थितीमा प्रदेश नंं ३ का अध्यक्ष विक्रमबहादुर थापाको अध्यक्षतामा सोमबार सम्पन्न बैठकमा अध्यक्ष थापाले आन्दोलन सफल बनाउन राप्रपाका सवै तहका नेता, कार्यकर्तालाई सक्रिय हुन निर्देशन दिएका छन् । जनसंघर्षको सुरुवातको दिन फागुन ७ गते हिन्दु राष्ट्र पुनस्र्थापना, राजसंस्थाको पुनस्र्थापना, संघीय संरचनाको खारेजी, लगायतका माग पुरा गर्न फागुन मसान्तसम्मको अल्टिमेटम दिने पार्टीले यस अघिनै कार्यक्रम तय गरिसकेको छ ।

१५ फागुनमा ताप्लेजुङबाट सुरु भई कञ्चनपुर हुँदै ३० फागुनमा काठमाडौंमा समापन हुने ‘मेची-महाकाली स्वाभिमान यात्रा’को समापन समारोहमा पाँच हजार कलश यात्रा सहित शक्ति प्रदर्शन गर्ने तयारी राप्रपाले गरेको छ । सोही समापन समारोहबाटै दोस्रो चरणका संघर्षका कार्यक्रमहरु सार्वजनिक हुने राप्रपाले जनाएको छ ।