मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मोहन विष्ट 
२०७५ पौष ४ बुधबार १३:४४:००
Read Time : < 1 मिनेट
प्रदेश

 कञ्चनपुरबाट भन्सार नकाटेका सामान  बरामद 

Read Time : < 1 मिनेट
मोहन विष्ट 
२०७५ पौष ४ बुधबार १३:४४:००

सशस्त्र प्रहरी बलले कञ्चनपुरस्थित बेदकोट नगरपालिका १० दैजी क्षेत्रबाट भन्सार नकाटेका समान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण झलारीको टोलीले बुधबार बिहान दैजी क्षेत्रबाट अवैध समान बरामद गरेको हो । 

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति विनोदराज श्रेष्ठले सशस्त्र प्रहरीको गस्ती टोलीले भारतबाट नेपालतर्फ ल्याइरहेकाे चिनी, तेल, लगायत ७१ हजार रूपैयाँ बराबरका समान नियन्त्रणमा लिएको बताए । भन्सार चोरीका समान भएकाले  नियन्त्रणमा लिएर भन्सार बुझाइएकाे श्रेष्ठले जानकारी दिए ।