मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार १७:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

म्यानपावर कम्पनी तीन तहमा वर्गीकरण, धरौटी रकम परिमार्जन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार १७:४६:००

कानून न्याय तथा मानव आधिकार समितिले म्यानपावर कम्पनीको धरौटी रकम परिमार्जन गरेको छ ।

सोमबार बसेको कानून समितिको बैठकले केहि नेपाल ऐन संसोधन बिधेयकमा बैदेशिक रोजगार ऐन २०६४ लाई संसोधन गर्दै म्यानपावर कम्पनीलाई तीन तहमा वर्गीकरण गरिएको छ । त्यस्तै धरौटी रकम समेत परिमार्जन गर्ने सहमति गरेको छ । समितिले वर्षमा ३ हजारसम्म कामदार पठाउनेलाई ५० लाख रुपैयाँ नगद र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी, ३ हजारदेखि ५ हजार रुपैयाँसम्म पठाउनेलाई एक करोड नगद ५ करोड ग्यारेन्टी र पाँच हजार भन्दा बढी पठाउनेलाई २ करोड नगद र ७ करोड रुपैयँ ग्यारेन्टी राख्नुपर्ने व्यवस्था गरेको छ । यसअघि, सरकारले ५ हजारभन्दा बढी कामदार पठाउनेलाई ६ करोड र कम पठाउनेलाई ३ करोड धरौटी राख्नु पर्ने भन्दै विधेयक दर्ता गरेको थियो ।

यस्तै, समितिले वर्षमा एक सयजना कामदार विदेश पठाउन नसक्ने म्यानपवार व्यवसायीलाई खारेज गर्ने निर्णय गरेको छ । नेपाल ऐन मार्फत् वैदेशिक रोजगार ऐनमा संसोधन गरेको संसोधन प्रस्तावमा समितिले कामदार कम्पनीलाई एक पटक अवसर दिने र अर्को पटक पनि सय भन्दा बढी कामदार पठाउन नसकेमा खारेज गर्ने निर्णय गरेको छ । यस्तै, एकैघरका परिवारले एउटाभन्दा बढी म्यानपावर कम्पनी सञ्चालन गर्न नपाउने र त्यस्तो भए ६ महिनाभित्रमा मर्ज गर्न समय दिने निर्णय पनि गरेको छ ।

समितिले पारित गरेको विधेयक मंगलबार बस्ने संघीय संसदको बैठकमा पेश गरिनेछ । बैठकबाट विधेयक पारित भएमा म्यानपावर सम्बन्धि नयाँ व्यवस्था लागु हुनेछ ।