मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ ९ शुक्रबार ०८:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रचण्ड–नेपाल समूहको आन्दोलनप्रति ओलीको टिप्पणी, ‘केही पनि होइन, तमासा मात्रै हो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ ९ शुक्रबार ०८:४४:००

संसद् विघटनविरुद्ध र संविधानको रक्षाका लागि भन्दै नेकपाका प्रचण्ड–नेपाल समूहले शुक्रबार राजधानीमा शक्ति प्रदर्शनको तयारी गरिरहेका वेला प्रधानमन्त्री केपी ओलीले त्यस्तो आन्दोलनलाई ‘तमासा’ भन्दै व्यंग्य गरेका छन् । प्रेस संगठन नेपालको राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तमासा देखाउनेबाट जनतालाई सचेत बनाउनुपर्ने बताए । 

‘देश र जनताप्रति जिम्मेवार नभएकाहरूले जनतालाई सिनेमा देखाउँछन् । सिनेमामा हिरो हुन्छ, हिरोइन हुन्छे, धुमधामका साथ लभ पर्छ । हिरोइन सख्त घाइते हुन्छे, हिरो आकुल–व्याकुल हुन्छ,’ उनले भने, ‘तर, वास्तवमा त्यो लभ परेको, घाइते भएको केही पनि होइन, तमासा मात्रै हो । केही मान्छेले त्यसैगरी तमासा गर्छन्, जनता झुक्याउँछन्, हामीले त्यस्ता तत्वबाट जनतालाई सजग गराउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले कसैप्रति पूर्वाग्रह नराखी आफूहरूले काम गर्ने दाबी गरे । ‘हामी कुनै आवेग, उत्तेजना र आक्रोशमा छैनौँ । कसैप्रति आग्रह र दुराग्रह साँध्नु पनि छैन । हामी रातो झन्डा फहराउनेवाला हौँ । पेरिसडाँडामा जस्तो कालो झन्डा फहराउनेवाला होइनौँ, रातो बेलुन उडाउँछौँ, कालो बेलुन उडाउनेवाला होइनौँ, राष्ट्रिय झन्डा फहराउँछौँ, कालो झन्डा फहराउँदैनौँ । चम्किलो, उज्यालो भविष्यतर्फ अगाडि बढिरहेका छौँ, किनभने हामीलाई देश बनाउनु छ,’ उनले भने ।