सप्तरीको खडक नगरपालिका– ११ स्थित हुलाकी सडकमा बिहीबार बिहान ४:३० बजे मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा खडक नगरपालिका– ११ निवासी २१ वर्षीय मोटरसाइकलचालक शिवेन्द्र साह र माेटरसाइकलमा पछाडि सवार २५ वर्षीय अरविन्द यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।
त्यस्तै, मोटरसाइकलकै पछाडि सवार २५ वर्षीय सुनिल चौधरी गम्भीर घाइते भएका छन् । घाइते चौधरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना गरिएको डिएसपी साहले बताए ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नं. २ –०१–००१ प ६१४६ नम्बरको मोटरसाइकलमा चालकसहित तीन जना सवार थिए ।