मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार १७:०३:००
Read Time : < 1 मिनेट
खेलकुद

डिपिएल: महेन्द्रनगरविरुद्ध रुपन्देही २ रनले विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार १७:०३:००

धनगढी प्रिमियर लिग अन्तर्गत पहिलो दिनको दोस्रो खेलमा महेन्द्रनगर युनाइटेडलाई २ रनले हराउँदै रुपन्देही च्यालेन्जर्सले विजयी भएको छ। फाप्ला क्रिकेट मैदानमा सोमबार रुपन्देहीले दिएको ११२ रनको चुनौती पछ्याएको  महेन्द्रनगरले निर्धारीत २० ओभरमा ८ विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो । 

अग्रपंक्तिका ब्याट्सम्यानलाई सस्तैमा गुमाएको महेन्द्रनगरका लागि छैटौं र आठौं नम्बरका ब्याट्सम्यान रोहित पौडेल र मोहम्मद नाबिदले महत्वपूर्ण ३४ रनको साझेदारी गरेका थिए । रोहितले व्यक्तिगत २४ रन र नाविदले १२ बनाए । यसअघि आनन्द सुब्रमन्यमले २५ रन जोडेका थिए । महेन्द्रनगरका अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । 

रुपन्देहीका विक्रम सोबले ३ पुनित मेहेराले २ विकेट लिए । ललितसिंह भण्डारी, कृष्ण कार्की र कप्तान बसन्त रेग्मीले एकएक विकेट लिए । टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १११ रन बनायो । रुपन्देहीका लागि सुमित महर्जनले २७ रनको योगदान गरे । बिनोद भण्डारीले १९, सन्दीप सुनारले  १५ र बाबर हायातले १४ रन जोडे । विक्रम सोब १६ रनमा अविजित रहे । 

महेन्द्रनगरका सिद्धान्त लोहनीले ३ विकेट लिए भने सागर ढकाल र अविनास बोहोराले समान २-२ तथा कप्तान शरद भेष्वाकरले १ विकेट लिए ।