१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ माघ ८ बिहीबार ०७:५०:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जलेश्वर उद्योग वाणिज्य संघमा सिंह प्यानल विजयी

Read Time : < 1 मिनेट
२०७७ माघ ८ बिहीबार ०७:५०:००

जलेश्वर उद्योग वाणिज्य संघको अध्यक्षमा लबराजा सिंह विजयी भएका छन् । प्रतिद्वन्द्वी दीपकुमार साहको भन्दा ६ सय ८० बढी मत ल्याएर उनी विजयी भएका हुन् । विजयी सिंहले ८ सय ८५ मत ल्याएको निर्वाचनमा साहको २ सय ५ मत आएको थियो ।

निर्वाचनमा एकजना सदस्यबाहेक सिंहको प्यानल नै विजय भएको छ । निर्वाचनबाट उपाध्यक्षमा विनोदकुमार साह विजयी भएका छन् । त्यस्तै, महासचिवमा शिवचन्द्र चौधरी, कोषाध्यक्षमा छेदी चौधरी, सचिवमा रञ्जितकुमार चौधरी निर्वाचित भएका छन् । त्यस्तै, महिलामा विणाकुमारी साह विजयी भएकी छिन् । 

अन्य सदस्यहरूमा चन्दनकुमार साह, सरोजकुमार चौधरी, विजयकुमार साह, चन्दनकुमार साह, सुभाष बिच्छा, आदित्य साह (पप्पु), राकेशकुमार साह, नारायणकुमार गुप्ता र प्रदीपकुमार चौधरी विजयी भएका छन् । जलेश्वर उद्योग वाणिज्य संघमा १ हजार २ सय ३१ मतदाता रहेकोमा १ हजार १ सय २५ ले मतदान गरेका थिए ।