१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार १५:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेविसंघका सभापति नैनसिंह महरद्वारा पदबाट राजीनामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार १५:४८:००

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का सभापति नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकालमा थप गरिएको पछिल्लो समयावधि पनि सकिएको उल्लेख गर्दै नेविसंघका अध्यक्ष महरले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् । 

नेविसंघको १२ औं महाधिवेशन सम्पन्न गर्न सहयोग गर्नुको साटो पार्टीका नेताहरुबीच नै खिचातानी हुन लागेपछि आफूले पदबाट राजीनामा दिएको अध्यक्ष महरले जानकारी दिए । सोमबार सभापति देउवालाई राजीनामा बुझाउनु अघि उनले पत्रकार सम्मेलन गरी समयावधि सकिएकाले आफूले पदबाट राजीनामा दिएको स्पष्ट पारेका थिए ।

पार्टीको राजनैतिक परिस्थिति र संकटले गर्दा आफूले राजीनामा दिएको महरले जानकारी दिए । अध्यक्ष महरले गत पुस २८ गते महाधिवेशन उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरे पनि सुरु हुन नसकेपछि वर्तमान कार्यसमिति विवादमा फस्दै आएको थियो ।