Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ७ बुधबार २०:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवनियुक्त उपकुलपति प्राडा भोला थापा भन्छन्– केयूका समस्यासँग परिचित छु, समाधान गर्छु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ७ बुधबार २०:२७:००

काठमाडौं विश्वविद्यालय (केयू)का नवनियुक्त उपकुलपति  प्राडा भोला थापाले केयूका समस्यासँग परिचित भएकाले समाधान गर्ने बताएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई बुधबार उपकुलपतिमा नियुक्त गरेका हुन् । 

उपकुलपतिमा नियुक्त भएपछि थापाले भने– ‘मैले काठमाडौं विश्वविद्यालयमा तल्लो तहदेखि नै काम गर्दै माथिल्लो जिम्मेवारी पाएको छु । केयूमा लामो समय काम गरेकाले समस्यासँग परिचित छु । समस्याहरू हल गर्छु । संस्थापकले हालेको जगमा तला थप्ने काम गर्छु । विद्यार्थी, शिक्षक, कर्मचारी, समुदाय तथा अन्तर्राष्ट्रिय जगतलाई समेत विश्वासमा लिएर काम गर्छु । काठमाडौं विश्वविद्यालय बलियो बनाउन इमानदारीपूर्वक लाग्छु । केयूको उचाइ अझ बढाउने मेरो प्रयत्न रहन्छ ।’ 

शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित तीन सदस्यीय छनोट समितिले गरेको सिफारिसको आधारमा उनलाई उपकुलपति नियुक्त गरेको हो । उपकुलपति छनोट गर्न गठित समितिले डा. रामकण्ठ मकाजू, प्राडा भोला थापा र प्राडा बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो । 

समितिको सिफारिसमा परेका तीनमध्ये माकाजूले दुई कार्यकाल काठमाडौं विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी पूरा गरेका छन् । 

छनोट समितिमा मन्त्री श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्वउपकुलपति सुरेशराज शर्मा थिए । उपकुलपतिमा नियुक्त थापा काठमाडौं विश्वविद्यालय स्थापनादेखि सो विश्वविद्यालयमा प्राध्यापनरत थिए । प्राडा थापाले सो विश्वविद्यालयमा २७ वर्ष सेवा गरेका केयूमा नौ वर्ष डिन र पाँच वर्ष रजिस्ट्रारको जिम्मेवारी सम्हालेका थिए । 

पेसामा मेकानिकल इन्जिनियर उपकुलपति प्राडा थापाले नर्वेमा नेपालको हाइड्रोपावर डेभलपमेन्टमा विद्यावारिधि गरेका छन् ।