Skip This
Skip This

डिपिएल : रुपन्देहीले महेन्द्रनगरलाई दियो ११२ रनको चुनौती

२०७५ माघ २८ सोमबार १५:०५:००

धनगढी प्रिमियर लिगअन्तर्गत पहिलो दिनको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सले महेन्द्रनगर युनाइटेडसामु एक सय १२ रनको चुनौती प्रस्तुत गरेको छ । फाप्ला क्रिकेट मैदानमा सोमबार टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ११ रन बनायो । रुपन्देहीका लागि सुमित महर्जनले २७ रनको योगदान गर्नुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बिनोद भण्डारीले १९, सन्दीप सुनारले  १५ र बाबर हायातले १४ रन जोडे । विक्रम सोब १६ रनमा अविजित रहे । महेन्द्रनगरका सिद्धान्त लोहनीले ३ विकेट लिए भने सागर ढकाल र अविनास बोहोराले समान २-२ तथा कप्तान शरद भेष्वाकरले १ विकेट लिए ।