१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ ७ बुधबार ०७:३२:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

बेला पब्लिकेसनद्वारा प्रकाशित ‘चुल्ठो’ माघ तेस्रो सातादेखि बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ ७ बुधबार ०७:३२:००

बेला पब्लिकेसनले कवि कल्पना चिलुवालको कवितासंग्रह ‘चुल्ठो’ प्रकाशन गर्ने भएको छ ।  प्रगतिशील विचारधारामा केन्द्रित रहेर फुटकर कविताको रचना गर्ने चिलुवालका यो पहिलो कृति हो ।

पुस्तक माघको तेस्रो सातादेखि पाठकको हातमा पुर्‍याइने बेला प्रकाशनकी अध्यक्ष बन्दना ढकालले जानकारी दिइन् । बेला पब्लिकेसनले यसअघि आहुतीको ‘जातवार्ता’ र खगेन्द्र संग्रौलाको ‘कोरोना कैरन’ प्रकाशित गरिसकेको  छ ।