१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ७ बुधबार ०६:२८:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

लघु चलचित्र ‘एक लभर’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ७ बुधबार ०६:२८:००

 युवायुवतीको विदेश मोह र त्यसले प्रेमसम्बन्धमा निम्त्याएको परिस्थितिलाई विषयवस्तु समेटेर लघु चलचित्र ‘एक लभर’ निर्माण भएको छ । रामजी ज्ञवालीको निर्देशनमा बनेको ‘एक लभर’ आधा घन्टा लामो छ । बिहीबार युट्युब च्यानल ‘राम्रो टिभी’मार्फत लघु चलचित्र सार्वजनिक गरिएको हो । चलचित्रको निर्माण दुर्गाप्रसाद ज्ञवालीले गरेका हुन् ।

निर्देशक ज्ञवाली र आर्यन अधिकारीको लेखनमा तयार चलचित्रमा शाहिल खान, अनुपमा भण्डारी, राजेश थापा, सायसा बायलकोटी, सरु माझीलगायतका कलाकारको अभिनय छ । सन्दीप रसाइलीको म्युजिक तथा रचना रहेको गीतमा असीम केसीले स्वर दिएका छन् ।

प्रेमीलाई भेट्न अस्ट्रेलिया जान खोजेकी एक युवतीले नेपालका एक धनाढ्य युवालाई प्रेमको नाटक गरी लाखौँ खर्च गराएर जब अस्ट्रेलिया पुग्छे, त्यसपछि उसले नेपालका प्रेमीलाई एकाएक छोडिदिन्छे । तर, एक वर्षपछि जब ती युवती नेपाल फर्किएर पुराना प्रेमी खोज्दै आउँछे, त्यसवेला पहिलेका प्रेमीले बिहे गरेर अर्कै जीवन बाँचिरहेका हुन्छन् भन्ने देखाइएको छ । यस्तो खालको घटना नेपाली समाजमा निरन्तर घटिरहेकाले त्यसैलाई आधार मानेर चलचित्र निर्माण गरिएको निर्देशक ज्ञवालीले बताए ।

‘हामीले सुनेको तर देख्न नपाएका यस्ता धेरै पात्र छन्, जसले कुनै न कुनै सन्देश दिन्छन्,’ उनले भने । निर्देशक ज्ञवालीले यसअघि डार्क मुन, लकडाउन, को हौ तिमी, ट्रस्ट, आई एम सरी, ह्युमानिटीलगायतका चलचित्र सार्वजनिक गरिसकेका छन् ।