मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी नयाँ दिल्ली
२०७७ माघ ६ मंगलबार १४:५५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

भारतमा कोभिड संक्रमणमुक्त दर ९९.६६ प्रतिशत 

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७७ माघ ६ मंगलबार १४:५५:००

भारतमा सोमबार गत सात महिनायताकै सबैभन्दा कम कोभिड संक्रमित फेला परेका छन् । यहाँ सोमबार दश हजार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोमबार थपिएका संक्रमितसहित भारतमा कुल एक करोड पाँच लाख ८१ हजार आठ सय संक्रमित पुगेका छन् । यस्तै कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या पनि एक करोड दुई लाख २८ हजार सात सय ५३ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतका कोरोना संक्रमणमुक्त हुने दर ९९.६६ प्रतिशत पुगेको छ । यस्तै मृत्यु दर १.४४ प्रतिशत मात्रै छ । 

मन्त्रालयले मंगलबार बिहान जारी गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा एक सय ३७ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । योसहित भारतमा कोभिडका कारण मृत्यु हुनेको संख्या एक लाख ५२ हजार पाँच सय ५६ पुगेको छ ।