मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस/एएनआई नयाँ दिल्ली
२०७७ माघ ६ मंगलबार १३:५३:००
Read Time : < 1 मिनेट
विश्व

भारतको सुरतमा भएको ट्रक दुर्घटनामा १५ जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस/एएनआई नयाँ दिल्ली
२०७७ माघ ६ मंगलबार १३:५३:००

भारतको गुजरात राज्यअन्तर्गत पर्ने सुरतको कासाम्बा क्षेत्रमा भएको ट्रक दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । सुरतको कोसम्बामा सोमबार राति एउटा ट्रकले ठक्कर दिँदा मृत्यु भएका १५ जनामध्ये सातजना महिला, सातजना पुरुष र एकजना एक वर्षीय शिशु रहेको अधिकारीहरूले जनाएका छन् । घाइतेमध्ये ६ जनाको अस्पतालमा उपचार भइरहेको स्थानीय प्रहरीको भनाइ छ । सडक आसपास सुतिरहेका मजदुरहरूलाई ट्रकले किचेको थियो ।   

दुर्घटनामा मृत्यु भएकाहरूको परिवारलाई दुई लाख भारतीय रुपैयाँको दरले राहत दिने प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणासमेत गरेका छन् । मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय सहायता कोषबाट सो रकम दिइने जनाइएको छ । 

‘सुरतमा भएको दुर्घटनामा परी मानवीय क्षति भएकोमा मलाई अत्यन्त दुःख लागेको छ, यो घटना ज्यादै पीडादायी छ, शोकाकुल परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गदर्छु,’ प्रधानमन्त्री मोदीले ट्विटरमा लेखेका छन् ।

उनले घाइतेहरूलाई पनि ५० हजार भारतीय रुपैयाँका दरले राहत रकम उपलब्ध गराइने अर्को ट्विटमार्फत जानकारी दिएका छन् ।