१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ ६ मंगलबार ०९:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं–पोखरा रात्रिकालीन पर्यटक बससेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ ६ मंगलबार ०९:१३:००

काठमाडौंबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा सुरुवात  भएको छ । देशदर्शन बससेवा प्रालिले नेपालको आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सोमबारदेखि रात्रिकालीन पर्यटक बससेवा सुरु गरेको हो । कोभिड– १९ को संक्रमणका कारण थला परेको पर्यटन क्षेत्रलाई पुनर्स्थापित गर्नका लागि सो प्रालिले सोमबार रातिदेखि काठमाडौं–पोखरा रात्रिकालीन बससेवा सुरु गरेको हो ।

काठमाडौंको बौद्धबाट साँझ ६:३० बजे छुट्ने पर्यटकीय बस पोखराबाट भने ७:३० बजे मात्र काठमाडौंका लागि छुट्नेछ । प्रालिका कार्यकारी निर्देशक श्रीकान्त आचार्यले रु. १२ करोड लगानीमा १६ बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित सेवा प्रदान गरिएको जानकारी दिए।

मुख्य–मुख्य पर्यटकीयस्थललाई लक्ष्य गरेर  दिवा तथा रात्रिकालीन बससेवा सञ्चालन गरेको उनको भनाइ छ । प्रालिले यसअघि नै काठमाडौं–जनकपुर, काठमाडौं–सुनौली र काठमाडौं–लुम्बिनी रात्रिकालीन पर्यटकीय बससेवा सञ्चालन गरिसकेको छ ।
 
आन्तरिक तथा बाह्य पर्यटकलाई बस चढ्नुअगाडि शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक यात्रुलाई मास्कको अनिवार्य व्यवस्था गर्ने, बसभित्र स्यानिटाइजर गर्नेलगायतका सम्पूर्ण व्यवस्था मिलाएको प्रालिका बजार व्यवस्थापक प्रह्लाद लोहनीले बताए ।  रात्रिकालीन बसको टिकट  देशदर्शन बससेवा प्रालिको वेबसाइट, नेट पे, लक्जरियर्स ट्राभल्स र इसेवामार्फत प्राप्त गर्न सकिने उनको भनाइ छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड– १९ को बढ्दो संक्रमणका कारण स्थगन गरिएको थियो । अहिले काठमाडौंबाट मुख्य पर्यटकीयस्थललाई लक्ष्य गरेर झन्डै एक सय पर्यटकीय बसले दिवा तथा रात्रिकालीन बससेवा प्रदान गर्दै आइरहेका छन् । हाल काठमाडौंको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवन, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् । रासस