मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
बिवेक पाेख्रेल
२०७५ माघ २८ सोमबार १२:०२:००
Read Time : < 1 मिनेट
समाचार

सौराहामा 'फुड फेष्टिवल' पर्यटकको चलहपहल सुरु

Read Time : < 1 मिनेट
बिवेक पाेख्रेल
२०७५ माघ २८ सोमबार १२:०२:००

चितवनको पर्यटकीय नगरी सौराहामा १३ औँ सौराहा 'फुड फेष्टिवल' साेमबारदेखि सुरु हुने भएकाे छ । रत्ननगर ७ स्थित सिसुवार चौरमा दिउँसो २ बजे पूर्व अर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेले उद्घाटन गर्ने रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए । 

पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले 'फेष्टिवल'मा शोभा यात्रा निकालिने छ । शोभायात्रा सौराहास्थित राप्ती नदी किनारबाट सुरु हुनेछ । यात्रामा करिब ३ हजार जना सहभागी हुने संयोजक ध्रुव गिरीले जानकारी दिए । राप्ती किनार हुँदै गैंडा चोक, हात्तीचोक,चराचोक हुँदै फेष्टिवल स्थलमा पुग्ने छ । रेवान सौराहाले प्रत्येक वर्ष प्रेम दिवसको अवसर पारेर आन्तरिक पर्यटक प्रर्वद्धन गर्ने उद्देश्यमा फेष्टिवल आयोजना गर्दै आएको छ । 

फेष्टिवलमा ५० वटा खानाको स्टल र ५ वटा प्रर्दशनी स्टल रहने छन् । फुड फेष्टिवलकै कारण सौराहामा पर्यटकको चहलपहल सुरु भइसेको छ ।