१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस/एएफपी खार्तूम
२०७७ माघ ५ सोमबार १४:३१:००
Read Time : < 1 मिनेट
विश्व

सुडान झडपमा ८० भन्दा बढीको मृत्यु

Read Time : < 1 मिनेट
रासस/एएफपी खार्तूम
२०७७ माघ ५ सोमबार १४:३१:००

सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिसियाले गरेको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्युज एजेन्सी)का अनुसार शनिबारबाट सुरु भएको आक्रमणमा परी कम्तीमा ८३ व्यक्तिको मृत्यु र एक सय ६० व्यक्ति घाइते भएका छन् । सुनाले उपचारमा संलग्न चिकित्सक तथा अस्पताल स्रोतलाई उद्धृत गरी उल्लेख गरेको छ । 

‘शनिबार बिहानदेखि एल जेनिना सहरमा भएका रक्तपातपूर्ण घटनाहरू अझै जारी रहेका छन्, जसमा हाम्रो तथ्यांकअनुसार ८३ जना मारिएका र एक सय ६० जना घाइते भएका छन्,’ सुनाले पश्चिम डार्फर राज्यमा रहेको चिकित्सकहरूको समितिलाई उद्धृत गरी लेखेको छ । सुरक्षा बल र मेडिकल सेवासहितको यातायातका साधनहरू उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको समितिले जानकारी दिएको छ । 

घटनालाई नियन्त्रणमा लिन स्थानीय अधिकारीहरूले निषेधाज्ञा आदेशसमेत जारी गरेका छन् ।