मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएफपी ब्रिस्बेन
२०७७ माघ ५ सोमबार १४:०४:००
Read Time : < 1 मिनेट
खेलकुद

भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट : जितका लागि भारतसामु ३२८ रनको चुनौती

Read Time : < 1 मिनेट
रासस/एएफपी ब्रिस्बेन
२०७७ माघ ५ सोमबार १४:०४:००

अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले भारतसामु जितका लागि तीन सय २८ रनको कठिन चुनौती दिएको छ ।

ब्रिस्बेनको गाब्बामा भइरहेको खेलको चौथो दिनको अन्तिम सत्र वर्षाले प्रभावित पारेपछि अवरुद्ध भएको थियो । भारतले विना कुनै क्षति चार रन बनाएको छ ।  यसअघि अस्ट्रेलियाको दोस्रो इनिङ दुई सय ९४ रनमै समेटिएको थियो । अस्ट्रेलियाका खेलाडी स्टिभेन स्मिथले सर्वाधिक ५५ रनको योगदान दिएका थिए । भारतीय बलर मोहम्मद सिराजले पाँच विकेट लिएका थिए भने शार्दुल ठाकुरले चार तथा वासिङटन सुन्दरले एक विकेट लिएका थिए । 

पाँचौँ दिन भारतसामु कठिन लक्ष्य हुनेछ, किनभने गाब्बाको खेलमैदानमा पछिल्ला वर्षहरूमा दुई सय ५० रनभन्दा बढी बनाउन निकै मुस्किल पर्ने गरेको इतिहास छ । यसअघि अस्ट्रेलियाले पहिलो इनिङमा तीन सय ६९ तथा भारतले पहिलो इनिङमा तीन सय ३६ रन बनाएका थिए । भारतीय टिमका अनुभवी केही खेलाडीहरू चोटग्रस्त भएपछि युवा तथा अनुभव कम भएका खेलाडीलाई पनि मौका दिइएको छ । तर, उनीहरूको प्रदर्शन निकै दर्शनीय रहेको छ ।