मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ माघ ५ सोमबार १०:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सप्तरीमा एचआइभी एड्सबाट एकै परिवारका तेस्रो व्यक्तिको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ माघ ५ सोमबार १०:५९:००

सप्तरीको राजविराजमा एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ  ।  सप्तरीको राजविराज नगरपालिका– १ चनौरानिवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिए ।  एउटै परिवारमा एचआइभी/एड्सबाट मृत्यु हुने अमैया तेस्रो व्यक्ति हुन् । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. झाका अनुसार ०६८ वैशाख १ गते एचआइभी/एड्सबाट आमाको मृत्यु भएको तीन दिनपछि बुबाको समेत सोही कारणले मृत्यु भएको थियो । 

एचआइभी/एड्सको लक्षण देखिएकी किशोरीलाई स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अमैयाका आफन्तले उनलाई दुई साताअघि गजेन्द्रनारायण सिंह अस्पतालमा  भर्ना गरेका थिए ।

 नौ वर्षअघि एचआइभी/एड्सबाट बाबुआमा गुमाएकी छोरीको समेत सोही कारणले मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. झाले बताए । मृतक अमैयाका १२ वर्षीय भाइसमेत एचआइभी/एड्सबाट पीडित भएको र नियमित औषधि खाने गरेको पारिवारिक स्राेतले जनाएको छ  ।