मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ माघ ५ सोमबार ०९:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लामा प्रचण्ड-नेपाल  र ओली समूहबीच झडप

Read Time : < 1 मिनेट
२०७७ माघ ५ सोमबार ०९:४०:००

हुम्लामा  प्रचण्ड-नेपाल  र ओली समूहबीच झडप भएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गतको अदानचुली गाउँपालिकाको थल्हाल्नमा सडकको विषयमा विवाद हुँदा  दुई समूहबीच झडप भएको हो । झडपमा  ओलीनिकटका वडाध्यक्ष रगे थापा घाइते भएका छन् । 

गाउँका स्थानीय मिलेर छिना र हतौडा लिएर काम गरिरहेको वेला ओली समूहले आएर धम्की दिएपछि झडप भएको नेकपा जिल्ला कमिटी सचिवालय सदस्य दलु फडेराले जानकारी दिए । 

गाउँले मिलेर श्रम गरिरहेको वेला गाउँपालिका अध्यक्ष दल फडेराको नेतृत्वको टोलीले कसले आदेश दियो ? र, बजेट कसले दिन्छ ? भन्दै धम्क्याउन थालेपछि झडप भएको उनको भनाइ छ  । 

यसअघि नै प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गतको रकम सात लाख ८० हजार खातामा रहेको र प्रत्येक व्यक्तिले २० दिन स्वतः श्रमदान गर्नुपर्ने  नियमअनुसार काम भइरहेको दलु फडेराले जानकारी दिए । 

गाउँपालिकालाई कुनै  जानकारी नदिई आफैँ मनाेमानी सडक निर्माण गरेको र आफ्नो अनुकूलमा बाटो निर्माण गरेको गाउँपालिका अध्यक्ष दल फडेराले आरोप लगाए ।