मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ४ आइतबार ०६:२१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंकले ल्यायो किस्ताबन्दीको इन्स्टा–बाई योजना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ४ आइतबार ०६:२१:००

सिटिजन्स बैंकले ग्राहकलाई वस्तु एवं सेवा खरिद गर्न सहज होस् भन्ने उद्देश्यले देशभरका जुनसुकै मर्चेन्टबाट गरेको खरिदलाई मासिक किस्ताबन्दीमा रूपान्तरण गर्न सकिने योजना ल्याएको छ ।

बैंकले क्रेडिट कार्डमार्फत न्यूनतम १० हजारदेखि अधिकतम २ लाख ५० हजार रुपैयाँसम्म भुक्तानी गर्दा उक्त खरिद रकमलाई मासिक किस्ताबन्दीमा रूपान्तरण गर्न सकिने योजना ल्याएको हो । 

इन्स्टा–बाई योजनाअन्तर्गत बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्तालाई एकैपटकमा खरिद गरिएको वस्तु तथा सेवाको सम्पूर्ण खरिद रकम भुक्तानी गर्न एवं आफ्नो आयस्रोतअनुसारको किस्ता अवधि छनोट गर्न सकिने नवीनतम सुविधा ल्याएको बैंकले जनाएको छ । 

योजनामार्फत ग्राहकले आफूले किन्न खोजेको वस्तु तथा सेवा तत्काल खरिद गरी रकम किस्ताबन्दीमा बैंकलाई तिर्न सक्ने सुविधा प्राप्त हुने जनाइएको छ । क्रेडिट कार्ड प्रयोगकर्ताले खरिद गर्ने वस्तु तथा सेवाहरूको खरिद रकम न्यूनतम ३ देखि अधिकतम १८ महिनासम्मको अवधिभित्र बैंकलाई भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।