मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन गुरुङ
२०७५ माघ २८ सोमबार ११:१५:००
Read Time : < 1 मिनेट
समाचार

तुम्लिङटार विमानस्थलमा उडान अवरुद्ध

Read Time : < 1 मिनेट
नवीन गुरुङ
२०७५ माघ २८ सोमबार ११:१५:००

मौसम सफा नहुँदा तुम्लिङगटार विमानस्थलमा तीनदिनदेखि उडान अवरुद्ध छ । बाक्लो हुस्सु र पानी परेका कारण भिजिलिटी नखुलेको भन्दै जहाजले उडान भर्न नसकेको तुम्लिङटारबाट बुद्ध एयरका कर्मचारी राजीव पोखरेलले जानकारी दिए । उनका अनुसार मौसम खुलेपछि मात्रै जहाजले नियमित उडान भर्नेछ ।

बाक्लो हुस्सु र माघे झरीका कारण जहाजले नियमित उडान भर्न नसकेको हो । जिल्लाको एक मात्रै तुम्लिङटार विमानस्थलमा नियमित उडान नहुँदा छिमेकी जिल्ला भोजपुरका सर्वसाधारणसमेत प्रभावित हुने गरेका छन् । सिकिस्त बिरामीलाई उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान समस्या हुने गरेको छ ।

सिकिस्त बिरामीलाई सदरमुकाम खाँदबारीबाट धरानस्थित बिपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान कच्ची सडकका कारण समस्या हुने गरेको हो । संखुवासभामा सुविधासम्पन्न अस्पताल नहुँदा जहाजबाटै बिरामीलाई काठमाडौं लैजाने गरिन्छ । अहिले तुम्लिङटार विमानस्थलमा निजी क्षेत्रका बुद्ध र यती एयरलायन्सले दैनिक उडान भर्दै आएका छन् ।  पाँच वर्षदेखि नेपाल एयरलायन्सको जहाज बन्द  छ ।