मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
डिलाराम भुसाल
२०७५ माघ २८ सोमबार ११:१२:००
Read Time : < 1 मिनेट
प्रदेश

ठूला सहकारी मर्जरमा जाँदै   

Read Time : < 1 मिनेट
डिलाराम भुसाल
२०७५ माघ २८ सोमबार ११:१२:००

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा रहेको साना किसान कृषि सहकारी संस्था र साना किसान कृषि सहकारी संस्था मर्जरमा जाने भएका छन्  । दुई सहकारीको मर्जरपछि नगरकै ठूलो सहकारी बन्ने भएको हो ।

आइतबार सम्पन्न साना किसान कृषि सहकारी संस्था बरकुलपुरको १६आैं वार्षिक साधारण सभामा  सहकारीका अध्यक्ष खुमानन्द न्यौपानेले मर्जरपछि प्रदेशकै नमुना सहकारी बनाउने बताए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष नारायण खनालले सहकारीहरूले कृषि क्षेत्रमा पहुँच बढाउनुपर्ने बताएका छन् । 

त्यस्तै, बुद्धभूमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले सहकारीका माध्यमबाट गाउँगाउँमा  सेवामुखी भई काम गर्नुपर्ने बताएका छन् । साधारण सभामा ७२ करोड १२ लाख ६ हजारको आय व्यय प्रस्तुत गरिएको थियो । संस्थाको कुल सेयर दुई करोड १० लाख, निक्षेप संकलन ३४ करोड ३३ लाख रहेको संस्थाका लेखा संयोजक सुरेन्द्रप्रसाद खनालले बताए । 

संस्थाले गत आवमा एक करोड ७३ लाख ३० हजार  मुनाफा गरेको छ । त्यस्तै, मर्जरमा जान लागेको बुड्ढी साना किसान को नाफा एक करोड १ं० लाख रहेको छ । सेयर ६५ लाख निक्षेप संकलन १४ करोड ५० लाख रहेको छ । दुवै मर्जरपछि  सदस्य  संख्या पाँच हजार बढी हुनेछ ।