१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ माघ ३ शनिबार १९:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि पुनः प्रहार गरे : नेता पाण्डे 

Read Time : < 1 मिनेट
२०७७ माघ ३ शनिबार १९:३१:००

नेकपा प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रमाथि पुनः प्रहार गरेको आरोप लगाएका छन् । अखिल नेपाल महिला संघ मोरङले बेलबारीमा शनिबार गरेको कार्यक्रममा पाण्डेले आन्दोलनको बलमा प्राप्त उपलब्धि रक्षकका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । 

पहिला देशमा लोकतन्त्र ल्याउनुपर्छ भन्दा बयलगाढा चढेर अमेरिका पुगिँदैन भनेर ओलीले विरोध गरेको स्मरण गर्दै पाण्डेले प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रलाई धरापमा पार्ने खेलमा लागेको आरोप लगाए । हिजो हत्यारा भनेर जिम्मेवारीविहीन बनाएकालाई प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्यको जिम्मेवारी दिँदै चोख्याएको उनको आरोप छ ।

संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको भन्दै उनले पुनस्र्थापना हुने दाबीसमेत गरे । प्रधानमन्त्रीेले अदालतमा पेस गरेको फाइल चोरी गरेको समेत उनले आरोप लगाए । ओलीको प्रवृत्तिले प्रतिक्रियावादी सलबलाउन थालेको उनको भनाइ छ । 

ओलीको यात्रा ओरालो लागेको बताउँदै पाण्डेले केही समयमै अन्त्य हुने जिकिर गरे । पार्टीको बहुमत सदस्य आफूहरूसँग भएकाले नेकपा र सूर्य चिह्न आफूहरूसँगै रहने उनले दाबी गरे । तर, देशभित्र र बाहिर प्रतिक्रियावादीहरूको बोलबाला रहेको र उनीहरूको षड्यन्त्रको सिकार देश हुन सक्नेतर्फ सचेत हुनुपर्ने उनको भनाइ छ ।