मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस/सिन्ह्वा जाकार्ता
२०७७ माघ ३ शनिबार १४:५१:००
Read Time : < 1 मिनेट
विश्व

इन्डोनेसियामा गएको भूकम्पबाट आठ सयभन्दा बढी घाइते 

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा जाकार्ता
२०७७ माघ ३ शनिबार १४:५१:००

इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण आठ सयभन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण १५ हजारभन्दा बढी मानिस विस्थापितसमेत भएको यहाँका सरकारी अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । देशको पश्चिम सुलाबेँसी प्रान्तलाई केन्द्रबनाएर शुक्रबार ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पले सयौँ घर तथा भौतिक संरचनामा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । भूकम्पमा परी गम्भीर घाइते भएकालाई अस्पतालमा उपचार गराइएको छ भने सामान्य घाइतेको संख्या धेरै भएकाले उनीहरूलाई अस्पतालबाहिर नै उपचार गरिएको छ । भूकम्पले मामुजु सहर र मजेने जिल्ला सबैभन्दा बढी प्रभावित भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ता राडित्या जाटीले बताएका छन् । उनका अनुसार मामुजुमा एक सय ८९ जना गम्भीर घाइते भएका छन् भने मजेनेमा ६ सय ३९ जना घाइते भएका छन् । भूकम्पमा परी कम्तीमा ३५ व्यक्तिको मृत्यु भएको विवरण शुक्रबार नै सार्वजनिक गरिएको थियो । 

अहिले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार जारी रहेको र भूकम्पको कारण भएको धनजनको क्षतिलगायतका विवरण पनि संकलन गर्ने क्रम चलिरहेको अधिकारीहरूले जनाएका छन् । सन् २०१८ मा इन्डोनेसियाको सुलाबेँसी र पालुमा आएको ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको  सुनामीमा परी चार हजार तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । 
२६ डिसेम्बर २००४ मा गएको ९.१ म्याग्निच्युडको भूकम्प र त्यसपछि आएको शक्तिशाली सुनामीमा परी दुई लाख २० व्यक्तिको मृत्यु भएको थियो । त्यसमा एक लाख ७० हजार इन्डोनेसियाली नागरिक रहेका थिए ।