अधिवेशन नजिकिदै जाँदा नेविसंघ प्युठानमा विवाद
नेपाल विद्यार्थी संघ प्यूठानको अधिवेशन नजिकिदै जाँदा विवाद चुलिदै गएको छ । पार्टी संगठनको विवादले नेविसंघमा पनि विवाद बढेको नेविसंघ प्यूठानका सचिव कल्याण विक्रम केसीले बताए ।
दुई महिना अघि मात्र अधिवेशनबाट चुनिएका अध्यक्षको अनुमति विना अर्को पक्षले फेरी नयाँ कार्य समिति बनाएको छ । सहसचिव रुकमान रोका क्षेत्री, क्षेत्रीय सभापती गरि बहादुर घर्ति मगर र भोजराज भण्डारीको समुहले अध्यक्षलाई नसोधी नौ वहिनी गाउँपालिका स्थित गंगा माध्यामिक विद्यालय वाहनेमा कृष्ण केसी र बालशिक्षा माध्यामिक विद्यालय झिमरुक गाउँपालिका ओखरकोटमा प्रकाश थापाको नेतृत्वमा नयाँ कमिटि गठन गरेको हो ।
संघको अधिवेशन नजिकिदै गर्दा विद्यार्थी संगठनले कमिटि गठन गर्दैँ जानाले नेविसंघमा ठुलो धक्का पुगेको सचिव केसीले बताए । यहि पुस ९ र १० गते अधिवेशन गर्ने निर्णय गरेका थियौँ । केसीले भने,‘साथीहरुले सोधपुछ विना कमिटि गठन गर्दै हिडेका छन् । ’
संगठनले दुई महिना अगाडि जिल्लाका सबै माविमा इकाई कमिटि गठन गरेको थियो । अधिवेशनको मुखमा क्षेत्रीय सभापती र क्षेत्रीय सहसचिवको नेतृत्वले कमिटि गठन गर्दै जाँदा आफुले पनि यसको विरुद्धमा जिल्ला स्थित माध्यामिक विद्यालयको अधिवेशन बुधवारदेखि सुरु गर्ने बताए ।