मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार ११:०९:००
Read Time : < 1 मिनेट
प्रदेश

राजापुरमा नगरस्तरीय कृषि मेला प्रदर्शनी सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार ११:०९:००

बर्दियाको राजापुरमा नगरस्तरीय कृषि मेला प्रदर्शनी सुरु भएको छ । राजापुर नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नगरस्तरीय कृषि समन्वय समिति राजापुरको संयुक्त आयोजनामा तीन दिने कृषि मेला प्रर्दशनी सुरु भएको हो । 

कृषि मेला प्रर्दशनीको उद्घाटनमा प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले कृषकहरूलाई समृद्ध नबनाई देशमा समृद्धि नहुने बताए । उनले कृषि प्रदर्शनीले कृषकको मनोबल बढाउँदै व्यावसायिक बन्न प्रेरित गर्ने बताए । मुख्यमन्त्री पोखरेलले किसानको नाममा गैरकिसानले अनुदान लिने समस्या बढ्दै गएको बताए ।

मुख्यमन्त्री पोखरेलले कुनै पनि कृषकले जग्गाको अभावमा व्यावसायिक खेती गर्नबाट वञ्चित नहून् भनेर जग्गा भाडामा  लिएर खेती गर्ने किसान समूह वा व्यावसायिक फर्मको लागि जग्गाको भाडा तिर्ने घोषणा गरेको बताए । 

मेलामा कृषकहरूले उत्पादन गरेका कृषि उपज र कृषि प्रविधिका सामग्रीहरू प्रर्दशनीमा राखिएको छ । तीन दिनसम्म चल्ने कृषि मेलामा १५ सयभन्दा बढी कृषि उपजहरू प्रतिस्पर्धाका लागि दर्ता भएका छन् । मेलाको पहिलो दिनमा चार हजारभन्दा बढिले अवलोकन गरेका छन् ।