मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सागर रिजाल
२०७५ माघ २८ सोमबार ११:०५:००
Read Time : < 1 मिनेट
समाचार

झिमरुकमा ‘रक गार्डेन’ बन्दै

Read Time : < 1 मिनेट
सागर रिजाल
२०७५ माघ २८ सोमबार ११:०५:००

झिमरुक गाउँपालिकाले चट्टानको बगैँचा (रक गार्डेन) निर्माण गर्ने भएको छ । आन्तरिक र बाह्य पर्यटक वृद्धि गर्ने उद्देश्यले चट्टानको बगैँचा निर्माणको तयारी गरेको हो । झिमरुक गाउँपालिका–५ ढाँडामा चट्टानको बगैँचा निर्माण गर्न लागेको अध्यक्ष तिलक जिसीले बताए । बगैँचा निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अहिले डिपिआरको कामसमेत अघि बढेको छ । 

झिमरुक नदी किनारमा रहेको ढुंगालाई वर्षौँदेखि नदीको बहावले खियाएर विभिन्न आकृति बनेको देखिन्छ । नदी किनारमा ढुंगा मानव निर्मित नभए पनि कलात्मक देखिन्छन् । परापूर्वकालमा पहिरो गएर ढुंगा थुप्रिएको हुन सक्ने यहाँका स्थानीय बताउँछन् । यसरी देखिने चट्टानहरू निकै आकर्षक छन् । 

पर्यटक घुमाउने पालिकाको योजना 

प्राकृतिक सौन्दर्यप्रति स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले गार्डेन निर्माण गर्न लागेको झिमरुक गाउँपालिका–६ का वडाध्यक्ष निमानसिंह जिसीले बताए ।

‘पर्यटकलाई घुम्न लोभ्याउने गरी चट्टानको बगैँचा बनाउन लागेका छौँ,’ उनले भने, ‘पर्यटकीय सम्भावना बोकेको स्थान भए पनि प्रचारप्रसारको अभावमा ओझेल परेको छ ।’ चट्टानमा प्राकृतिक रूपमा कुँदिएको चित्रले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न सहज हुने विश्वास उनको छ । 

देशभरिका सयभित्रै पर्ने चट्टानको बगैँचा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तव्यहरूमध्ये प्युठानको ‘स्वर्गद्वारी’ र झिमरुक गाउँपालिकाको ओखरकोट ‘ढाँडको रक गार्डेन’ पनि समावेश गरेको छ । जिल्लाका यी पर्यटकीय गन्तव्यका लागि नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिसमा परेका थिए ।