मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २ शुक्रबार १६:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंका नाकाहरूमा दमकलको व्यवस्था गर्न खरिद प्रक्रिया अघि बढेको छ : मेयर शाक्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २ शुक्रबार १६:२५:००

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाको नाका–नाकामा राख्नका लागि दमकल खरिद प्रक्रिया अघि बढेको बताएका छन् । 

उनले त्यसका लागि आवश्यक खरिद प्रक्रिया अघि बढि सकेको जनाए । साथै, उनले सुरक्षा निकाय बस्ने जीर्ण भवनहरू निर्माण गर्न चाहेको पनि बताएका छन् । 

गृह मन्त्रालयसँग कुरा भइरहेको जानकारी दिदैँ उनले अनुमति दिए सुरक्षा निकाय बस्ने जीर्ण भवन पुरानै स्वरूपमा काठमाडौँ महानगरपालिकाले बनाउने बताए । 

उनले महानगरपालिकाले भूकम्पपीडित घरधनीलाई नक्सा पासको दस्तुर मिनाह गरेको जानकारी दिए । 

गृहमन्त्री रामबहादुर थापाले आगामी दिनमा आउन सक्ने विपत्तिको सामना गर्न पूर्वतयारी गर्नुपर्ने बताए । 

शुक्रबार २३औँ भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको राष्ट्रिय भूकम्प स्मृतिसभामा बोल्दै गृहमन्त्री थापाले आगामी दिनमा प्राकृतिक विपत्ति आकस्मिक रूपमा आउनसक्ने भएकाले ति विपत्तिको सामना गर्न पूर्वतयारी आवश्यक रहेको बताएका हुन् । 

राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्न आवश्यक तालिम तथा क्षमता अभिवृद्धिकाे काम सुरु गरेको बताए ।