मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १ बिहीबार १५:२४:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से च्याम्पियनसिप हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १ बिहीबार १५:२४:००

नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से हाइस्पिड किक तेक्वान्दो च्याम्पियनसिप माघ दोस्रो साता काठमाडौंमा हुने भएको छ ।

कोटेश्वर तेक्वान्दो डोजाङ, स्युचाटार तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल, मर्निङ ग्लोरी र काभ्रेस्थली तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा हुन लागेको यो प्रतियोगितामा विश्वका २९ देशबाट एक हजार तीन सयभन्दा धेरै खेलाडी सहभागी हुने प्रतियोगिताका संयोजक एवं तेक्वान्दो मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जानकारी दिए । 

हाइस्पिड किक च्याम्पियनसिप प्रतियोगिता नेपालमै पहिलोपटक हुन लागेको उनले बताए ।

कोरोना भाइरसको महामारीका कारण घरैमा बस्न बाध्य भएका खेलाडीलाई लक्षित गरेर प्रतियोगिता भर्चुअल रूपमा गर्न लागिएको हो ।

प्रतियोगितामा पुम्सेतर्फ ६० र हाइस्पिड किकमा ३० गरी जम्मा ९० इभेन्टमा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ । 

तेक्वान्दोको पुम्सेमा पुरुष महिलाको किड्समा ५–५, पिवीमा ५–५, सब जुनियरमा ५–५, क्याडेटमा ५–५, सिनियरमा १–१, यू–४० मा १–१, यू–५० मा १–१ र ६० वर्षमाथिमा १–१ गरी जम्मा ६० विधामा स्पर्धा हुनेछ ।

तीन देशका विभिन्न हिंसापीडित तथा शरणार्थी खेलाडीलाई निःशुल्क प्रवेश गराइने आयोजकले जानकारी दिए ।