मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ १ बिहीबार १२:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्रोत नखुलेकाे नाै लाख ३९ हजार रुपैयाँ बरामद

Read Time : < 1 मिनेट
२०७७ माघ १ बिहीबार १२:०६:००

सिराहाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिकाबाट स्रोत नखुलेको रकमसहित दुईजनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

योसँगै सिराहा जिल्लाको सीमावर्ती क्षेत्रवाट स्रोत नखुलेका नेपाली नोटसहित पक्राउ भएको यो दोस्रो घटना हो ।

गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले सीमावर्ती भारतीय बजार लदनियाँबाट स.८प ९६१४ नम्बरको मोटरसाइकलमा आउँदै गरेका मोटरसायकलचालक बरियारपट्टी गाउँपालिका– २ खोक्सीका ४० वर्षीय मोहम्मद सगिर मियाँ र पछाडि बस्ने २४ वर्षीय मेहदी मन्सुरलाई बुधबार दिउँसो चेकजाँचको क्रममा स्रोत नखुलेको नेपाली रुपैयाँसहित पक्राउ गरेको हो ।

प्रहरी चौकी कचनारीबाट खटिएकाे प्रहरी टोलीले मियाँ र मन्सुरलाई स्रोत नखुलेका नेपाली नोट नाे लाख ३९ हजार नाै सय १५ चेकजाँचको क्रममा कचनारीबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी शालिग्राम शर्माले बताए । 

स्रोत नखुलेकाे रकमसहित पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेशबारीमा राखिएको र बिहीबार थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ललितपुर पठाइने प्रवक्ता शर्माले बताए ।

यसअघि गत शनिबार राति सिराहाको दक्षिणी सीमावर्ती सिराहा नगरपालिका– २१ लगडीगोठबाट स्रोत नखुलेको रकमसहित एकजनालाई प्रहरीले पक्राउ गरेको थियो । 

भारतीय बजार जोगियाबाट आउँदै गरेका सिराहा नगरपालिका– २२ घर भई सिराहा नगरपालिका– ७ मा बस्दै आएका ४३ वर्षीय शिवनाथ यादवबाट स्रोत नखुलेका पाँच सय र एक हजार दरका नेपाली नोट ३१ लाख ८९ हजार चेकजाँचको क्रममा बरामद गरेको थियो । 

बरामद गरिएको नोटसहित यादवलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइएको छ ।

भारतीय बजारमा सुन कारोबारीसँगै सटहीको कारोबार गर्नेहरू नेपाली रुपैयाँ नेपाल पठाउन जिल्लाको विभिन्न ग्रामीण रुटको प्रयोग गर्दै आएको पछिल्लो दुई घटनाले देखाएको छ ।