Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १ बिहीबार १०:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माघे संक्रान्तिमा देउवाको शुभकामना, ‘सामाजिक सदभाव अभिवृद्धि गर्न प्रेरणा मिलोस्’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १ बिहीबार १०:५०:००

कांग्रेस सभापति शेरबहादुर देउवाले माघे संक्रान्ति पर्वको शुभकामना दिएका छन् । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै देउवाले भनेका छन्, ‘सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सदभाव अभिवृद्धि गर्न यो पर्वले सबैलाई प्रेरित गर्न सकोस्, हार्दिक शुभकामना !’ 

सभापति देउवाले नेपालमा विभिन्न भाषा, धर्म, संस्कृति र चाडपर्वहरूको आफ्नो विशिष्ट पहिचान र एकले अर्काको संस्कृतिलाई आदर र सम्मान गर्ने परम्परा रहेको बताएका छन् ।

उनले भौगोलिक, जातीय र सांस्कृतिक विविधतामा रहेको नेपालमा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सदभाव बढाउन महत्वपूर्ण योगदान पुऱ्याउँदै आएको बताएका छन् ।