१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १ बिहीबार ०८:११:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिकृतमा खतिवडा नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १ बिहीबार ०८:११:००

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा रामकृष्ण खतिवडा नियुक्त भएका छन् । खतिवडा खुला प्रतिस्पर्धाबाट नियुक्त भएका हुन् । 

प्रमुख कार्यकारी अधिकृतको पदपूर्तिका लागि विज्ञापन गरेर प्राप्त भएका आवेदनमध्ये योग्यताका न्यूनतम मापदण्ड, शैक्षिक योग्यता, अनुभव, बिजनेस प्लान, बिजनेस प्लानको प्रस्तुतीकरण एवं अन्तर्वार्तासमेतको मूल्यांकनबाट खतिवडालाई नियुक्त गरिएको बैंकले जनाएको छ । 

खतिवडाले एमबिएस, एमएस इन फाइनान्स, सिएफए, सिएचई, सिपिथ्रिपी (१) फाउन्डेसनको अध्ययन पूरा गरेको जनाइएको छ । हाल उनी एन्फ्रास्ट्रक्चर फाइनान्समा विद्यावारिधि गरिरहेको बैंकले जनाएको छ ।

नवनियुक्त खतिवडासँग एनआइबिएल क्यापिटल मार्केट लि., जलविद्युत् लगानी तथा विकास कम्पनी, लगानी बोर्ड, विद्युत् नियमन आयोगका विभिन्न तह र जिम्मेवारीमा रहेर कार्य गरेको अनुभव रहेको जनाइएको छ ।