१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७७ माघ १ बिहीबार १०:०७:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गुरुङ जातिका खेगी गुरुङलाई सम्मान

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ माघ १ बिहीबार १०:०७:००

गुरुङ जातिको जन्मदेखि मृत्यु पर्यन्तसम्म कर्मकाण्ड गर्ने खेगी गुरुहरूलाई सम्मान गरिएको छ । सोमबार चिचिला गाउँपालिका–१ पोखरीगाउँमा तमु प्ये ल्हुँ संघ जिल्ला कार्यसमिति संखुवासभाको आयोजनामा लामा गुरुहरूलाई सम्मान गरिएको हो । 

कार्यक्रमको उद्घाटन १०२ वर्षीय दारी लामा (मानवीर गुरुङ)ले लामा मन्त्रोच्चारण गर्दै गरेका थिए । यति वृद्ध अवस्थामा समेत शारीरिक रूपमा तन्दुरुस्त रहेका दारी लामा सबैको आकर्षण बनेका थिए । गएको कात्तिक महिनादेखि पुस दोस्रो सातासम्म करिब तीन महिना गुफा बसेर निस्किएका पाँचजना नयाँ लामाहरूसहित लामो समयदेखि पुरोहित लामा पेसालाई नै निरन्तरता दिँदै आएकाले पाँचजना पुराना लामा गुरुहरू गरी १० जनालाई सम्मान गरिएको हो । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तमु प्ये ल्हुँ संघ संरक्षक तथा पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर गुरुङले प्रमाणपत्रसहित फेटा गुथाएर सम्मान गरे । 

पूर्वआइजिपी गुरुङले वोन्पो लमहरू समयक्रमसंगै लोप हुर्दै गएकाले संरक्षण आवश्यक रहेकाले यो कदम चाल्नु परेको बताए । उनले गुरुङहरूले आफ्नो जातिय कर्मकाण्ड गर्ने खेगीहरू संरक्षण गर्न आवश्यक रहेको बताए । संखुवासभाका वोन्पो लमहरूको संरक्षणका लागि आइजिपी हेमबहादुर गुरुङले उनको मातापिताको नाममा एक लाख रुपैयाँको ‘हर्कवन सुब्बा स्मृति अक्षय कोष’ हस्तान्तरण गरेका थिए ।

उनले अक्षय कोषबापतको रकम तमु प्ये ल्हुँ संघ संखुवासभाका अध्यक्ष गोवर्धन गुरुङलाई हस्तान्तरण गरे । त्यसैगरी, तमु प्ये ल्हुँ संघ युकेबाट तीन लाख रुपैयाँको अक्षय कोष र तमु प्ये ल्हुँ संघ हङकङबाट एक लाख रुपैयाँको अक्षय कोष गरी जम्मा पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना भएको छ । 

त्यसका साथै कार्यक्रममा तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्तिसमेत वितरण गरिएको थियो । गुरुङ जातिका साझा संस्था तमु ह्युल छोजधीं गुरुङ राष्ट्रिय परिषद्को धर्मसंस्कार संस्कृति जगेर्ना र संरक्षण गर्ने शुभेच्छुक संस्थाका रूपमा तमु प्ये ल्हुँ संघलाई लिने गरिन्छ ।

यस तमु प्ये ल्हुँ संघले सनातन र परापूर्वकालदेखि गुरुङ जातिहरूले मनाउँदै आएका धर्मसंस्कार संस्कृति र संरक्षण र जगेर्ना गर्ने काम गर्दै आएको छ । सोहीअनुसार उनीहरूले संखुवासभा जिल्लाको चिचिला गाउँपालिकाअन्तर्गत मत्स्यपोखरी, पोखरी गाउँ, माङमायाँ र ध्वजेलगायतका स्थानहरूमा रहेका वोन्पो लमहरूको संरक्षणका लागि विभिन्न काम गर्दै आएको छ ।