मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २९ बुधबार १७:३४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बुक बिल्डिङ प्रक्रियाबाट पहिलो आइपिओ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २९ बुधबार १७:३४:००

मुलुकमा बुक बिल्डिङ प्रक्रियाबाट पहिलोपटक प्राथमिक सेयरको मूल्य निर्धारण हुने भएको छ । सर्वोत्तम सिमेन्टले ६ माघमा डाकेको दोस्रो वार्षिक साधारणसभामा बुक बिल्डिङ विधिमा जाने विशेष प्रस्ताव लैजाँदै छ । 

कम्पनीमा सौरभ समूहको मुख्य लगानी रहेको छ । कम्पनीले चैतसम्ममा धितोपत्र बोर्डमा सेयर निष्कासन अनुमतिका लागि आवेदन दिने भएको छ । बुक बिल्डिङ विधिमा संस्थागत लगानीकर्ताले मूल्य निर्धारणका लागि बोलकबोल प्रक्रियामा सहभागी भएर आफूले तिर्न चाहेको मूल्य दर्ता गराउँछन् ।     

चार अर्ब चुक्ता पुँजी पुऱ्याउने योजनामा रहेको कम्पनीले सर्वसाधारणमा ६० करोड रुपैयाँबराबरको सेयर जारी गर्ने भएको हो । हालै धितोपत्र बोर्डले ४६ संगठित संस्थालाई बुक बिल्डिङका लागि योग्य संस्थागत लगानीकर्ताका रूपमा कार्य गर्न स्वीकृति दिएको छ ।