Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ पौष २८ मंगलबार १२:११:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

झापामा एक हप्ताभित्र १५ चोरीका मोटरसाइकल भेटिए, सात पक्राउ

Read Time : > 1 मिनेट
२०७७ पौष २८ मंगलबार १२:११:००

झापामा प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहको सञ्जालका सदस्यहरूलाई पक्राउ गरेको छ । 

बिर्तामोडमा डेरा गरेर मोटरसाइकल चाेरीमा संलग्नको गिरोहलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो । 

एक हप्तासम्म चलाइएको ‘अप्रेसन हन्ट’बाट मोटरसाइकल चोरीमा संलग्न सातजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

उनीहरूबाट बिर्तामोडबाट चोरी गरेका १५ वटा मोटरसाइकल पनि बरामद गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । 

पक्राउ पर्नेमा इलाम माई नगरपालिका– २ का क्षितिज भनिने रोशन तामाङ, सोही ठाउँका २० वर्षीय रोशन बुढाथोकी, माई नगरपालिका– ६ का २० वर्षीय रोशन गिरी, सोही ठाउँका २० वर्षीय राजेश गिरी र सोही ठाउँका मनीष गिरी छन् ।

त्यस्तै, पाँचथरको फाल्गुनन्द गाउपालिका– ३ का २१ वर्षीय पासाङ तामाङ र ताप्लेजुङ सिदिङवा– ४ का २२ वर्षीय सन्दीप लिम्बु रहेको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए । 

पक्राउ परेका सातजना नै बिर्तामोडमा डेरा लिएर मोटरसाइकल चाेरी गर्दै आएका थिए । उनीहरू मोटरसाइकल चोरीमा पेसेवर रहेको उनले बताए । 

‘उनीहरू एकदम पेसेवर चोर हुन् । उनीहरूले प्रक्रिया मिलाएर चोरी गर्ने गरेका छन् । कसैले चोरी गर्ने मोटरसाइकलको रेकी गर्ने, कसैले चोरी गर्ने र कसैले डेलिभरी गर्ने गर्दा रहेछन् । उनीहरूले मिनेटभित्रमा मोटरसाइकल चोर्दारहेछन्,’ उनले भने, ‘चोरिएका मोटरसाइकल इलामको दक्षिणी क्षेत्र जहाँ प्रहरीको उपस्थिति कमजोर छ, त्यहाँ लगेर बिक्री गर्ने गरेका रहेछन् ।’ 

मोटरसाइकल चोरीमा संलग्नको आँखामा पल्सर मोटरसाइकल पर्ने रिजालले बताए । 

‘हामीले बरामद गरेका अधिकांश मोटरसाइकल पल्सर छन् । त्यो पनि रातो र कालो रंगको । यिनीहरू चाँडो बिक्री हुने रहेछ,’ उनले भने, ‘चोरिएका मोटरसाइकल संलग्नले स्टोर गरेर राख्ने गरेका रहेछन् । हामीले बरामद गरेका कुनै पनि मोटरसाइकल बिक्री गरेका रहेनछन् ।’