मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गगन अयडी बाजुरा
२०७७ पौष २८ मंगलबार ०८:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०७७ पौष २८ मंगलबार ०८:५४:००

बाजुराको बडिमालिका नगरपालिका– ९ चौराटी खेतमा  ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका– ४ छापुका ६० वर्षीय धननाथ योगी रहेका छन्  ।

सोमबार राति  रित्तो ग्यासकाे सिलिन्डर बोकेर तिपाडा जाँदै गर्दा चौराटी खेतनजिकै ट्याक्टर दुर्घटनामा परेको थियो । दुर्घटनापछि घाइते योगीको उपचारका क्रममा  जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।   

उनका अनुसार ट्याक्टर दुर्घटना भई सडकभन्दा एक सय मिटर तल खसेको छ ।ट्याक्टरचालक भने फरार रहेको प्रहरीले जनाएको छ । ट्याक्टरको नम्बर प्लेटसमेत नभएकाले फरार चालकको खोजीकार्य भइरहेको छ ।