मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७७ पौष २७ सोमबार १२:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भिरबाट लडेर युवाको मृत्यु 

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७७ पौष २७ सोमबार १२:१९:००

रुकुम पश्चिममा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको आठबिसकोट नगरपालिका– २ का २४ वर्षीय गोविन्द थापाको मृत्यु भएको हो । 

डोल्पाबाट घर फर्कने क्रममा वडा नं. २ कै जहरे खोला भन्ने ठाउँमा भिरबाट लडेर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । 
कामका लागि डोल्पा गएका थापा घर फर्कने क्रममा २५ गते राति १० बजेको समयमा भिरबाट खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

थापा घटनास्थलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जनकारी दिए । 

वडाध्यक्ष देवबहादुर ऐरीले जानकारी गराएपछि अस्थायी प्रहरी पोस्ट स्यालाखदीबाट प्रहरी सहायक निरीक्षक निलो कामी र इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लालबहादुर सुनारको कमान्डमा खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान पूरा गरेपछि शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइरहेको प्रहरीले जनाएको छ ।