मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ पौष २७ सोमबार ११:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषध ब्राउन सुगरसहित युवायुवती पक्राउ

Read Time : < 1 मिनेट
२०७७ पौष २७ सोमबार ११:२३:००

दैलेखमा प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका– १० कालिकानगरका २७ वर्षीया सिर्जना गुरुङ र सोही ठाउँका २१ वर्षका विशाल रोकाय रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिएका छन् । 

दैलेखको गुराँस गाउँपालिका– २ तल्लो डुंगेश्वर प्रहरी चेकपोस्टनजिक सडक खण्डमा शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई खानतलास गर्दा सिर्जना गुरुङले खुट्टाको मोजामा ४० पुरिया खैरो हिरोइन फेला पारेको उनले जनाए । 

प्रहरीले उनले धागोले बेरिराखेको अवस्थामा लागुऔषध धुलो पदार्थ फेला पारेको थियो । विशाल रोकायाको साथबाट नगद ३४ हजार फेला पारेको प्रहरीले जानकारी दिएको छ । 

पक्राउपछि दुवैजनालाई दैलेख जिल्ला अदालतबाट लागुऔषध ब्राउनसुगर मुद्दामा म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।