मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार ०९:४१:००
Read Time : < 1 मिनेट
अर्थ

चाइल्ड सेफ्टी पोर्टल सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार ०९:४१:००

इन्टरनेटमा रहेका बाल यौन दुर्व्यवहार सामग्रीलाई निर्मूल पार्ने उद्देश्यले ‘चाइल्ड सेफ्टी पोर्टल’ सार्वजनिक गरिएको छ । फोरम फर डिजिटल इक्वालिटी, इन्टरनेट सोसाइटी नेपाल र सेन्टर फर ल एन्ड टेक्नोलोजीको साझा अभियानअन्तर्गत अनलाइन चाइल्ड प्रोटेक्सन इनिसिएटिभ र बेलायतस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इन्टरनेट वाच फाउन्डेसनको पहलमा पोर्टल सार्वजनिक गरिएको हो ।

इन्टरनेटमा उपलब्ध बालहिंसा वा यौन दुव्र्यवहारजन्य तस्बिर वा भिडियो सामग्री फेला परेमा त्यसको लिंक, तस्बिर, भिडियो यस अनलाइन पोटलमा पहिचान उल्लेख गरी वा नगरी जोसुकैले उजुरी गर्न सक्ने बताइएको छ ।

यसरी प्राप्त उजुरीलाई इन्टरनेट वाच फाउन्डेसनले विकास गरेको आइडब्लू एफ पोर्टलको टुल्समार्फत प्राविधिक विश्लेषण गरी विस्तृत प्रतिवेदन तयार पारिने बताइएको छ । यसरी प्राप्त प्रतिवेदनलाई नेपाल प्रहरीलगायत कानुन कार्यान्वयन निकायले थप अनुसन्धान तथा कानुनी कारबाहीमा प्रयोग गर्न सक्नेछन् । ‘डब्लुडब्लुडब्लु डट चाइल्ड सेफ्टी डट ओआरजी डट एनपी’को सार्वजनिक गरिएको छ ।