Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ पौष २६ आइतबार १३:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओलीको दाबी- ६-६ महिनामा प्रधानमन्त्री फेरिने अस्थिरतातर्फ देश गयो, भारी मनले यो कदम चालेँ 

Read Time : < 1 मिनेट
२०७७ पौष २६ आइतबार १३:५५:००

प्रधानमन्त्री केपी ओलीले ६–६ महिनामा प्रधानमन्त्री फेरिने अस्थिरतातर्फ देश गएकोले भारी मनका साथ स्थिरताका लागि प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन् ।

उनले राष्ट्रिय सभालाई सम्बोधन गर्दै भने, ‘बिलकुल देशको राजनीतिलाई हेरेर, परिस्थितिको जोडघटाउ गरेर, देशलाई स्थिर बनाउन यो कदम उठाइएको हो । देशकाे राजनीतिले फेरि ६–६ महिनामा प्रधानमन्त्री फेरिने खालको अस्थिरतातर्फ धकेल्यो । काम हुन नपाउने, जोडघटाउ, मोलतोल, लेनदेनमै सरकारको समय बित्ने, संसद्लाई प्रभावकारी ढंगले काम गर्न नदिने । कतिपय विधेयकहरू अड्काइदिने, सरकारले संसद्समक्ष प्रस्तुत गरेका प्रस्ताव निर्णयार्थ प्रस्तुत पनि नगरिदिने, र यो प्रणाली बेठीक भो भन्ने निष्कर्ष निकाल्न खोज्ने ।’