मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २६ आइतबार ०५:५०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २६ आइतबार ०५:५०:००

एनसेल आजियाटा लिमिटेडले आफ्नो सिमकार्डबाट विद्यार्थीलाई आफ्नो आवश्यकताअनुसार विभिन्न विषयहरू कुनै पनि समय जहाँ भए पनि सजिलै अडियोमार्फत अध्ययन गर्न सक्ने सुविधा ल्याएको छ । कम्पनीले मोबाइलमार्फत पाठ्यक्रममा आधारित पाठहरू सुन्दै सिक्न मिल्ने ‘एनसेल अडियो क्लास’ सुरु गरेको हो ।  

इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आइभिआर)मा आधारित यो सेवा कम्पनीले आफ्नो ‘अनपज’ अभियानअन्तर्गत ल्याएको जनाएको छ । पाठ्यक्रममा आधारित शैक्षिक सामग्री मोबाइल नेटवर्कमार्फत फोनकै प्रयोग गरी आइभिआरबाट सिक्न सकिने भएकाले सिकाइको अनुभवलाई परिभाषित गर्ने यो सेवाले विद्यार्थीलाई शिक्षाका लागि विशेष महत्व राख्ने जनाइएको छ । विविध अवरोधहरूका बाबजुद सजिलै सिक्न र आफ्नो वास्तविक क्षमता उजागर गर्न मद्दत पुर्‍याउने कम्पनीले विश्वास व्यक्त गरेको छ । 

पहिलो चरणमा अडियो क्लास सेवामा कक्षा १ देखि कक्षा ४ सम्मका पाठ्यक्रमहरू उपलब्ध रहेको जनाइएको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई ध्यानमा राख्दै चरणबद्घ रूपमा अरू कक्षाहरूका लागि थप पाठ्यक्रमहरू समावेश गरिने कम्पनीले जनाएको छ ।

अडियो क्लासका लागि हाल ३ दिनको र ७ दिनको गरी दुईवटा विकल्प कम्पनीले प्रस्तुत गरेको जनाएको छ । ३ दिनको प्याकमा विद्यार्थीले ५० मिनेटको अडियो सेवा ७ रुपैयाँमा र ७ दिनको प्याकमा १ सय मिनेटको अडियो सेवा १४ रुपैयाँ शुल्क तोकिएको कम्पनीले जनाएको छ ।