१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २६ आइतबार ०६:३२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नम्रता श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकको ब्रान्ड एम्बेसडर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २६ आइतबार ०६:३२:००

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले व्यवसाय प्रवर्द्धनका लागि मिस नेपाल वर्ल्ड–२०२० नम्रता श्रेष्ठलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले हस्ताक्षर गरेका हुन् ।  

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरिरहेको आधुनिक बैंकिङ सेवाबारे जानकारी दिँदै व्यवसाय प्रवद्र्धनका लागि ब्रान्ड एम्बेसडरमा मिस नेपाल वर्ल्ड–२०२० नम्रता श्रेष्ठलाई नियुक्ति गरिएको बताए ।

कार्यक्रममा दी हिडन ट्रेजरका अध्यक्ष राजकर्णिकारले यस्तो सम्झौताले दुवै संस्थाको इमेज निर्माण भई देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताएको जनाइएको छ । बैंकले ७७ जिल्लामा २ सय ४५ शाखा, २ सय ५ एटिएम र ९३ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ ।