१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २५ शनिबार ११:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

श्रीमती झुन्डिएकाे अवस्थामा र श्रीमान् मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २५ शनिबार ११:३१:००

काठमाडौं टोखामा एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।

श्रीमती आफ्नो डेराको बाहिरपट्टि झुन्डिएको अवस्थामा र उनका श्रीमान् आफ्नै डेरामा मृत फेला परेको प्रहरीले जनाएको  छ । 

टोखा नगरपालिका ३ स्थित ग्रिनभिला हाउजिङमा खगेन्द्र सुवेदीको साढे दुइतले घरको पहिलो तलामा बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका ६ की सुदीक्षा गिरी सोही कोठाको बाहिरपट्टि झुन्डिएको अवस्थामा फेला परेकी हुन् । 

भित्र कोठाको ओछ्यानमा उनका श्रीमान् ३३ वर्षका उमेश केसी पनि मृत फेला परेको प्रहरीले जनाएको छ । 

शुक्रबार राति ८.४० मा उक्त घटनाका बारेमा खबर आएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।