मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ पौष २४ शुक्रबार १७:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक हो : ईश्वर पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ पौष २४ शुक्रबार १७:००:००

उपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोखरेलले केपी ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित नेकपा ओली समूहको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित जनप्रतिनिधि भेलामा बोल्दै नेता पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा भएको दाबी गरेका हुन् । 

उनले सूर्य चिह्न कसकाे हुन्छ भन्ने कुरामा समेत द्विविधामा नपर्न भन्दै कार्यकर्तालाई आश्वस्त पार्ने कोसिस गरे । 

आधिकारिक नेकपा जसको हुन्छ उसैको सूर्य चिह्न हुने भएकाले सूर्च चिह्न आफूहरूको नै हुने उनको भनाइ थियो । 

यदि कानुनी रूपमा अल्झो टुंगिन बाँकी भए पनि अन्त्यमा ओली समूहले नै पार्टीको नाम र सूर्य चिह्न पाउने विश्लेषण उनले सुनाए । 

स्थानीय जनप्रतिनिधिहरूलाई सूर्य चिह्न जता जान्छ त्यतै जाने मनस्थिति नबनाउन पनि उनले आग्रह गरे ।