Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार ०८:५९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

सवारीसाधनलाई धुलोबाट जोगाउन...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार ०८:५९:००

देशभरि पक्की बाटो बन्न सकेको छैन । अधिकांश ठाउँका सडक धुलाम्मे छन् । मोफसलभन्दा राजधानीका सडक अझ अस्तव्यस्त छन् । सडक निर्माण तथा मर्मतका कारण धुलाम्मे वातावरण छ । यसले सवारीसाधनलाई पनि असर पु¥याउने गरेको छ । धुलोबाट सवारी साधनलाई हुने हानि तथा बच्ने उपाय यस्ता छन् :

- एयर फिल्टर हुँदै धुलो इन्जिनमा जाने सम्भावना हुन्छ । यसले इन्जिन चाँडो बिग्रन सक्छ । त्यसैले एयर फिल्टर चाँडै फेर्नुपर्ने हुन सक्छ ।
- बढी धुलो भएपछि एयर फिल्टरमा जाम हुन्छ । त्यहाँबाट छिरेर धुलो इन्जिनमा जान्छ ।
- इन्जिनमा ब्लक हुन्छ । ब्लकभित्र लाइन, फिस्टोल र रिङ हुन्छ । धुलोले त्यसलाई पनि खराब बनाउँछ । तसर्थ, इन्जिन बारम्बार बनाइरहनुपर्ने हुन्छ ।
- धुलो बढी भएको ठाउँमा सर्भिसिङ पनि धेरै गर्नुपर्छ । कम्तीमा पनि हप्तामा एकचोटि गर्नैपर्छ ।