Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ पौष २४ शुक्रबार १३:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा बैठकमा श्रेष्ठले भने- कुनै बाध्यताका कारणले संविधान मिच्न पाइँदैन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ पौष २४ शुक्रबार १३:३७:००

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्न राजनीतिक बाध्यता भएको बताए पनि कुनै बाध्यताका कारणले संविधान मिच्न नपाइने नारायणकाजी श्रेष्ठले बताएका छन्।

आज राष्ट्रिय सभामा बोल्दै उनले भने, ‘हाम्रो प्रधानमन्त्री र प्रधानमन्त्रीका समर्थन गर्ने कतिपय साथीहरूले भन्नुभएको छ, यो राजनीतिक बाध्यता पऱ्याे, संवैधानिक त हाेइन । संवैधानिक हो भन्न त सकिँदैन । राजनीतिक बाध्यता पऱ्याे, के हो बाध्यता ? कुनै बाध्यताका कारणले संविधान मिच्न पाइँदैन ।  संविधानमाथि प्रहार गर्न पाइँदैन । संविधानलाई उल्लंघन गर्न पाइँदैन । यो राजनीतिक परिवर्तनमाथि आक्रमण गर्न पाइँदैन ।’