Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष २४ शुक्रबार १३:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हामीले ल्याएको ऐतिहासिक राजनीतिक परिवर्तनमाथि कालो बादल मडारिन थाल्यो : श्रेष्ठ

Read Time : < 1 मिनेट
२०७७ पौष २४ शुक्रबार १३:२४:००

नेकपा नेता तथा सांसद नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभामा बोल्दै ऐतिहासिक राजनीतिक परिवर्तनमाथि कालो बादल मडारिन थालेको बताएका छन् । 

शुक्रबारको बैठकमा उनले प्रधानमन्त्रीको कदम प्रतिगामी रहेकोसमेत उनले बताए । 

श्रेष्ठले बैठकमा भने, ‘प्रधानमन्त्रीको नेतृत्वको सरकारबाट संविधानको ठाडो उल्लंघन गरेर नेपालमा संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदम चालियो । यो कदम असंवैधानिक मात्रै हाेइन, यो अलोकतान्त्रिक हो, प्रतिगामी हो । र, यो स्वेच्छाचारी र निरंकुश कदम हो । यसले नेपालमा नेपाली जनताले लडेर ल्याएको उपलब्धिहरूलाई खोस्ने काम गरेको छ । अपहरित गर्ने काम गरेको छ । यो तत्कालको एउटा प्रतिगामी कदम मात्रै हाेइन, यसले समग्र प्रतिगमनको आधार तयार गर्ने त हाेइन भन्ने ठूलो आशंका पैदा गरेको छ । र, हामीले ल्याएको ऐतिहासिक राजनीतिक परिवर्तनमाथि कालो बादल मडारिन थालेको छ ।’