१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी
२०७५ माघ २८ सोमबार ०९:००:००
Read Time : < 1 मिनेट
विश्व

फिलिपले त्यागे सवारीचालक अनुमतिपत्र 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ माघ २८ सोमबार ०९:००:००

बेलायतका राजकुमार तथा महारानी एलिजाबेथ द्वितीयका पति फिलिपले आफ्नो सवारीचालक अनुमतिपत्र स्वेच्छिक रूपमा त्याग गरेको घोषणा गरेका छन् । गत महिना आफैँले चलाएको ल्यान्ड रोभर जिप दुर्घटनामा परेपछि ९७ वर्षीय फिलिपले आइतबार सवारीचालक अनुमतिपत्र त्याग्ने घोषणा गरेका हुन् ।

सो दुर्घटनापछि वयोवृद्धले  सवारी चलाउन पाउने कि नपाउने भन्नेबारे बहस भएको थियो । बकिंघम राजदरबारले एक विज्ञप्ति प्रकाशन गरी राजकुमारले स्वेच्छिक रूपमा लाइसेन्स त्याग गरेको जनाएको छ । 

प्रहरीले फिलिपको दुर्घटनासम्बन्धी फाइल अभियोजनकर्तासमक्ष पठाएको छ । राजदरबारबाहिरको सान्ड्रिन्घाममा फिलिपले हाँकेको गाडी अर्को गाडीसँग ठोक्किएको र त्यससम्बन्धी प्रतिवेदन राजदरबारका अभियोजन सेवा (सिपिएस) समक्ष पठाइएको प्रहरीले जनाएको छ ।