१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २४ शुक्रबार ०८:४२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

थुलुङ दूधकोसीका उद्यमीलाई लक्ष्मी बैंकको कर्जा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २४ शुक्रबार ०८:४२:००

लक्ष्मी बैंकले सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोसी गाउँपालिकामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नका लागि गाउँपालिकासँग सम्झौता गरेको छ । सम्झौतामा बैंकका रिटेल फाइनान्सियल सर्भिस प्रमुख दीपेश अमात्य र गाउँपालिकाका अध्यक्ष असम राईले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार उक्त गाउँपालिकाको सहजीकरण एवं सिफारिसमा स्थानीय उद्यमी, सहकारीलगायत अन्य संघ–संस्थाले बैंकबाट सहुलियत दरमा कर्जा प्राप्त गर्न सक्ने जनाइएको छ ।

हस्ताक्षर कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले गाउँपालिकाहरूमा कृषि तथा पर्यटनलगायत सम्भाव्यता बोकेका क्षेत्रमा कर्जा लगानी गर्न बैंक तत्पर रहेको बताएको जनाइएको छ । सम्झौताले स्वरोजगार तथा उद्यमशीलता विकास गरी आर्थिक रूपमा सबल गाउँपालिका निर्माण गर्न सहयोग पुग्ने अपेक्षा राखिएको बैंकले जनाएको छ ।